Wikipedia

Search results

Monday, July 26, 2021

अरनिको समितिको लुट

 आज काठमाडौंबाट बाह्रबिसे जादै गरेको बसले २८% भाडा बढेको भन्दै त्यही अनुसार उठाउदै रछ । एकजना passenger ले काभ्रे प्रहरीलाई जानकारी गरेपछि बनेपामा बस रोकियो र फर्काएर जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा पुर्‍याइयो अनि जरिवाना गरेर बढी लिएको भाडा फिर्ता दिने शर्तमा बस छोडियो । त्यसपछि बसले ´सुपर भाडा`भन्दै करिब २०% बढी भाडा बढी उठायो । 

# साविक अरनिको यातायात सेवा समिति अन्तर्गतको बसहरुले ´सुपर` र ´एक्सप्रेस` को नाममा passenger ठग्ने कहिलेसम्म ??????

# भाडा निर्धारण गर्दा लामो दुरि र छोटो दुरि, कच्ची सडक र पक्की सडक, बस र माइक्रोबसको आधारमा मात्रै फरक फरक भाडा निर्धारण भएको होइन र??????

# ´सुपर` ´एक्सप्रेस` अरनिको यातायातले अरनिको रुटमा मात्रै संचालन गरेको होकि अरु यातायात व्यावसायिक संघ संगठनले अन्यत्र पनि संचालन गरेका छन ???

# छिटो पुर्‍याउने भनेर अरनिको यातायातले ´सुपर` ´एक्सप्रेस` राखेको भएपनी त्यसको निश्चित मापदण्ड बनाएको छैन र????

# विद्यार्थीलाई ४५%भाडा छुट कायम छ कि छैन ??? कायम छ भने सक्कली कार्ड अनिवार्य छ तर कलेज, स्कुल भर्ना भएको रसिद नि अनिवार्य अरनिको रुटमा मात्रै होकि अन्यत्रको रुटमा पनि हो ???

                       केही जिज्ञासा, केही जानकारी धन्यवाद

No comments:

Post a Comment

Followers