Wikipedia

Search results

Sunday, August 28, 2016

 सुरक्षा र सोखको रूपमा पालिने कुकुरबाट हाम्रो स्वास्थलाई निकै असर पर्नसक्छ । जनस्वास्थ्यका दृष्टिले करिब ६० प्रकारका प्राणीजन्य रोगको स्रोत कुकुरलाई नै मानिन्छ । भन्नुको अर्थ कुकुर रोगको मुख्य स्रोत पनि हुनसक्छ । - 
काठमाडौंमा मात्र ६ लाखभन्दा बढी पाल्तु कुकुर र करिब २३ हजार भुस्याहा कुकुर रहेको अनुमान छ । एक अध्ययनअनुसार कुकुर विभिन्न प्रकारका जुका, परजीवी, सूक्ष्म जीवाणु तथा विषाणुको स्रोत हुने भएकाले झाडापखाला, आउँ, हैजा, कमलपित्त, जुका, टाइफाइडलगायतका रोग निम्त्याउँछ । यी सम्पूर्ण रोग कुकुरले खुला रूपमा गर्ने बिस्टाबाट सर्ने सम्भावना बढी रहन्छ । विडम्बना, काठमाडौं उपत्यकालगायतका अधिकांश ग्रामीण तथा सहरी क्षेत्रमा खुला रूपमा कुकुरलाई दिसा–पिसाब गराइरहेको देख्न पाइन्छ । खासगरी, आफूलाई सहरिया भनाउनेहरू बिहानी दौडाइमा कुकुर डोर्‍याउँदै खुला दिसापिसाब गराएको प्रशस्तै देख्न पाइन्छ । जसरी मानिसले चर्पी प्रयोग गर्दा झाडापखाला, आउँ, हैजा, कमलपित्त, जुका, टाइफाइडजस्ता धेरै रोगमा कमी आएको छ, त्यसरी नै कुकुरलाई खुला ठाउँमा दिसा गराउँदा जनस्वास्थ्यमा ठूलो असर देखिएको छ । विश्वव्यापी रूपमै वातावरणीय हिसाबले कुकुरले निष्काशन गरेको विकार निश्चित ठाउँमा ठेगान लगाउनुपर्ने मान्यता छ । एउटा कुकुरलाई खाना खुवाउन जति मिहिनेत गर्नुपर्छ, दिसा फोहोरलाई निश्चित ठाउँमा ठेगान लगाउन पनि त्यत्तिकै मिहिनेत गर्नुपर्ने हुन्छ । घरको बच्चालाई जस्तै कुकुरलाई पनि उपयुक्त स्थानमा दिसा गर्न सिकायौँ भने सधैँ सोही स्थानमा मात्रै फोहर गर्छ । - See more at: http://www.enayapatrika.com/2016/08/85346?utm_source=twitterfeed&utm_medium=twitter#sthash.IGhnmpGy.dpuf
. राजेन्द्रकुमार गिरी

1 comment:

  1. बाफ रे बाफ डर पो त लाग्यो

    ReplyDelete

Followers