Wikipedia

Search results

Monday, September 12, 2016

चालू आवमा १२ अर्ब पाँच करोडको हकप्रद आउँदै

चालू आवमा १२ अर्ब पाँच करोडको हकप्रद आउँदै

 मेनुका कार्की मंगलवार, भदौ २८, २०७३  0 121 पटक पढिएको

SHARE THIS

 0  0 Google +0  New

काठमाडौः चालू आर्थिक वर्ष २०७३/७४ मा १२ अर्ब पाँच करोड रुपैयाँबराबरको हकप्रद (राइट) सेयर आउने भएको छ । बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत् र बिमा गरी २९ वटा कम्पनीले उक्त रकमबराबरको १२ करोड पाँच लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । ती कम्पनीमध्ये १७ वटा विकास बैंक, चारवटा फाइनान्स, पाँचवटा वाणिज्य बैंक, दुईवटा बिमा कम्पनी र एउटा जलविद्युत् कम्पनी रहेका छन् ।
प्राइम कमर्सियल बैंक, सेन्चुरी कमर्सियल बैंक, माउन्ट मकालु विकास बैंक, गुहेश्वरी मर्चेन्ट बेकिङ एन्ड फाइनान्स, साहरा विकास बैंक, लक्ष्मी लद्युवित्त वित्तीय संस्था, अरनिको विकास बैंक, मुक्तिनाथ बैंक, मितेरी विकास बैंक र त्रिवेणी विकास बैंकले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । ती बैंकले क्रमशः साउन २, ३ ५, ३१, ३२ गते सेयर निष्कासनको अनुमति पाएका हुन् ।
यसैगरी भदौ १३ गते लक्ष्मी लद्युवित्त वित्तीय संस्था, १५ गते अरनिको विकास बैंक, मुक्तिनाथ बैंक, मितेरी विकास बैंक र त्रिवेणी विकास बैंकले २३ गते हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । निष्कासन अनुमति पाएका ती वित्तीय संस्थाबाट तीन अर्ब ४४ करोड रुपैयाँँबराबरको तीन करोड ४४ लाख कित्ता हकप्रद सेयर निष्कासन हुँदैछ ।
प्राइम कमर्सियल बैंकले ३ः१ को अनुपातमा (तीन कित्ता बराबर एक कित्ता) सेयर निष्कासन गर्ने भएको छ भने सेन्चुरी कमर्सियल बैंकले १०ः३ र माउन्ट मकालु विकास बैंकले ११.५ का दरले सेयर निष्कासन गर्न लागेको हो । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले २ः१, साहरा विकास बैंकले १ः१.५, लक्ष्मी लद्युवित्त वित्तीय संस्थाले १ः१, अरनिको विकास बैंक १०ः३.६, मुक्तिनाथ बैंक, मितेरी विकास बैंक र त्रिवेणी विकास बैंकले २ः१ का दरले सेयर निष्कासन गर्न लागेका हुन् ।
बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत् र बिमा गरी २९ वटा कम्पनीले उक्त रकमबराबरको १२ करोड पाँच लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।
पछिल्लो समय बढ्दै गएको सेयरबजारका बीच यी सेयर सार्वजनिक हुन लागेका हुन् । करिब दुई महिनाकै अवधिमा सेयरबजारको आकार करिब दोब्बर हुन लागेको छ । पछिल्लो समय कारोबार रकम, कारोबार समय र लगानीकर्ताको संख्यामा पनि उच्च वृद्धि भएको छ । तर, भदौ तेस्रो र चौथो साता भने सेयर बजार केही सुस्ताएको छ । हाल सेयर बजार सुस्ताए पनि लगानी गर्न डराउनुनपर्ने र जोखिम नभएका तथा वित्तीय प्रगति प्रतिवेदन राम्रो भएको संस्थामा लगानी गर्न सकिने सेयर विश्लेषकले बताएका छन् ।
हकप्रद सेयर निष्कासनका लागि पाइप लाइनमा रहेका वा स्वीकृतिका लागि बोर्डमा आवेदन दिएका हिमालय बैंक, कञ्चन विकास बैंक, सेवा विकास बैंकले पठाएको डकुमेन्ट बोर्डले अध्ययन गर्दैछ । नागवेली लद्युवित्त विकास बैंक, सप्तकोसी विकास बैंक, एनएमबी फाइनान्स, काष्ठमण्डप विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स र वेस्टर्न विकास बैंकलाई बोर्डले प्रतिक्रिया पठाए पनि जबाफ आएको छैन ।
कृषि विकास बैंकको पनि कुनै कामकारबाही अघि बढाइएको छैन । सिद्धार्थ बैंक, सेन्टर फाइनान्स, अपी पावर कम्पनी लिमिटेड, सेती फाइनान्स, ललिपुर फाइनान्सलगायतले भने बोर्डले पठाएको प्रतिक्रिया अध्ययन गरिरहेका छन् । 

No comments:

Post a Comment

Followers