Wikipedia

Search results

Wednesday, September 14, 2016

पासपोर्टलगायत कागजपत्र काठमाडौंमै छुटेपछि

नयाँ पत्रिका काठमाडौं, ३० भदौ संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि दक्षिण सुडान पुगेको नेपाली सेनाको टोली पासपोर्टलगायत कागजपत्र काठमाडौंमै छुटेपछि दक्षिण सुडान पुगेर फर्किएको छ । दक्षिण सुडानको राजधानी जुबा पुगेर उनीहरू काठमाडौं आई पासपोर्ट लिएर बुधबार बिहानै फेरि जुबाका लागि प्रस्थान गरेका छन् । शान्ति मिसनमा जाने सैनिक अधिकारीको पासपोर्ट तथा राष्ट्रसंघको मनोनयनपत्र राखिएको झोला विमानस्थलस्थित सेनाको बाहिनीमै छुटेको थियो । पासपोर्ट नै नभएपछि दक्षिण सुडानले प्रवेश नदिने अडान लिएपछि दुई सय ३२ जना सैनिकलाई लिएर उक्त जहाज फेरि काठमाडौं आएको थियो । पासपोर्ट लिएर गएपछि उनीहरूले दक्षिण सुडानमा प्रवेश पाएका छन् । राष्ट्रसंघकै विमानमा शान्ति सैनिक मंगलबार दिउँसो जुबाका लागि उडेका थिए । टोली इन्चार्जको चरम लापरबाहीले पासपोर्ट भएकै झोला काठमाडौंमा छुटेको हो । शान्ति मिसनमा जाने सैनिक अधिकारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच हुँदैन । सेनाको बाहिनीतर्फबाट उनीहरू सिधै विमानमा प्रवेश गर्छन् । सोही कारण दक्षिण सुडान पुगेर पासपोर्टको झोला खोज्दा मात्र काठमाडौंमै रहेको थाहा पाएका हुन् । घटनाको विषयमा छानबिन सुरु भएको नेपाली सेनाका सहप्रवक्ता रामनाथ ढुंगानाले जानकारी दिए । - See more at: http://www.enayapatrika.com/2016/09/89651?utm_source=twitterfeed&utm_medium=twitter#sthash.5JW7EjWa.dpuf

No comments:

Post a Comment

Followers