Wikipedia

Search results

Monday, October 3, 2016

फरार अभियुक्त मन्त्रीसँग देखिए

काठमाडौं– असोज १७ ठगी तथा सरकारी कागजपत्र किर्ते मुद्धा मा १४ महिना जेल, सात लाख रुपिँया जरिवाना फैसलापछि फरार अवस्थामा रहेका अपराधि वर्तमान सरकारका एकजना मन्त्रीसँग देखिएका छन् ।
नुवाकोट जिल्ला रावतवेसी गाविस वडा नम्वर–४ घरभइ हाल गोंगबु बस्दै आएका २६ वर्षीय सरोज केसी वर्तमान सरकारका सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको अघोषित पिएका रुपमा कार्यरत रहेको बताइएकाे  छ ।
जिल्ला अदालत काठमाडौंले केसीलाई फरार अपराधिको सूचीमा राखी पक्राउका लागि प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको थियो । तर, फरारको सूचीमा राखेका केसी दिन दिनै सिंहदरवारस्थित शहरी विकास मन्त्रालयमा आवतजावत गर्ने गरेका छन् ।
अपराधि केसीले सप्तरी सिमराहा सिगीयौना–४ घर भइ हाल जनमैत्री अस्पतालमा कार्यरत डा. मनोज कुमार साहलाई बीर अस्पतालमा एमडी पढ्न इन्ट्रान्स परीक्षामा उत्तीर्ण गराइ दिने नाममा एक करोड नगद लिइ नक्कली कागजपत्र पेश गरी ठगी गरेका थिए ।
सो मुद्धामा जिल्ला अदालत काठमाडौंका न्यायाधिस सूर्यप्रसाद पराजुलीको इजलासले २०७३ साल जेठ ३१ गते केसी विरुद्ध १४ महिना जेल र सातलाख रुपियाँ जरिवाना हुने फैशला सुनाएको थियो । अदालतबाट जारी गरिएको म्याद गुजारी बसेका अपराधि केसीलाई पुनरावेदन गर्नेबाटो समेत बन्द गरिएको छ ।

अपराधि केसीको योजना अनुरुप नै बीर अस्पतालका कर्मचारीहरुको मिलिमतोमा एक करोड अशुल गरी एमडी अध्ययन गर्न जाँदा डा। साहलाई नक्कली कागजपत्र दिएका थिए । सो घटनाका अन्य अपराधिहरुमा राजेश कहार, रवि पौडेल र दिपक मुडभरी जेलमा छन् । तर, केसी र बारा कलैयाका पिन्टु भन्ने शशिकान्त मिश्र फरारको सूचीमा छन् ।farar-abhiyuktafarar-abhiyukta1
तीनजना बीर अस्पतालको कर्मचारी र अन्य दुईजना वाहिरको गरी पाँचजनाको मिलिमतोमा २०७१ सालमा डा। साहलाई पैसा खर्च गर्न सके एमडीमा नाम निकाल्न सकिन्छ भन्दै काँग्रेस नेता अर्जुननरसिंह केसी र उनका भाइ बरिष्ठ चिकित्सक केदारनरसिंह केसीको हवलामा दिदै एक करोड लिएका थिए ।
यतिको रकम लिएपछि एमडीमा नाम निष्केको छ भन्दै आवश्यक कागजपत्र डा। साहलाई दिएर पन्छिएका थिए । बीर अस्पतालको कागजपत्र नक्कली बनाएको अभियोगमा पीडित डा। साहले उनीहरु विरुद्ध ठगी तथा सरकारी छाप किर्ते मुद्धा दायर गरेका थिए ।
यसैबीच, केही दिनअघि अपराधि केसीलाई पक्राउ गर्न प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइवी)बाट खटेको प्रहरी टोलीलाई फर्काइएको छ । ब्यूरो प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी नवराज सिलवालले अपराधि केसीलाई तत्काल पक्राउ नगर्न निर्देशन दिएका छन् ।
तर, ब्यूरो प्रवक्ता प्रहरी उपरीक्षक दिवस लोहनीले भने पक्राउको प्रयास भइरहेको बताए । ब्यूरो प्रमुख सिलवाल केसीलाई म नआइ पक्राउ नगर्नु भन्दै केही दिनका लागि विदेश हिडेका छन् ।
डिआइजी सिलवालले केसीलाई पक्राउ नगर्नु भन्नुको पछाडि प्रहरी महानिरीक्षक बन्नका लागि केसीको पक्राउलाई वार्गेनिङका रुपमा प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ । ब्यूरो प्रमुख सिलवालले पक्राउ नगर्नु भनेको कुरा प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयसम्म पुगेको छ ।
ब्यूरोका एकजना प्रहरी निरीक्षको कमाण्डमा एक टोली केसीको पक्राउमा तैनाथ भएको थियो । अपराधि केसी विरुद्ध नुवाकोट र काठमाडौं जिल्ला अदालतहरुमा अझै तीन वटा ठगी मुद्धा विचारधिन अवस्थामा रहेको जानकारी प्रहरीले नै दिएको छ ।
अपराधि केसीले डा. साहलाई ठग्नु अघि नुवाकोटकै एक युवतीलाई पनि नर्सिङ शिक्षा पिसिएल नर्सिङमा नाम निकाली दिने भन्दै तीनलाख ठगी गरेको र नुवाकोटकै एक तामाङ थरको युवालाई विशेष प्रहरीमा जागिर लगाइ दिने भन्दै सात लिइ ठगी गरेको उजुरी महानगरीय प्रहरी अपराध महाशाखामा परेको छ ।
अपराधि केसीले सोही ठगी गरी कमाएको रकमबाट गोंगबुमा चार तले घर बनाएका छन् । आर्थिक रुपले सामान्य परिवारमा जन्मेका केसीको अध्ययन ब्याचुलरसम्म पनि पुरा छैन । नेता केसीलाई बदनामी गराउदै उनले अकुत सम्पति लुटेको भनाई सर्वसाधारणको छ ।
आजको राजधानीबाट 

No comments:

Post a Comment

Followers