व्यवसायी अरुण गोयन्काले सञ्चालन गरेको अंकित ट्रेडर्स खोटाङका हरि दाहालको नाममा दर्ता छ । ०६८ असारसम्मको कर विवरण पेस गरेर हराएको (नन–फाइलर) यो फर्मबारे राजस्व अनुसन्धानले खोजी गर्दा यसको असली सञ्चालक गोयन्का रहेको फेलापरेको हो । दाहाल खोटाङका सामान्य व्यक्ति हुन् ।
—०६६ साउन १२ मा दर्ता भएको न्यु विकास ट्रेडर्स वस्तु आयात फर्म हो । फर्म अचानक नन–फाइलर भएपछि आन्तरिक राजस्व कार्यालय, लाजिम्पाटले यस सम्बन्धमा छानबिन अघि बढायो । फर्म सञ्चालक एलिना राउतसम्म पुगेपछि कार्यालयले यो फर्मको वास्तविक सञ्चालक अरू नै रहेको पत्ता लाग्यो । १ करोड १० लाख आयकर र ६० लाख भ्याट तिर्न बाँकी रहेको यो फर्मका सम्बन्धमा राजस्व अनुसन्धान विभागले छानबिन गरी वीरगन्ज प्रगतिनगरका राजु शर्माले सञ्चालन गरेको अनुसन्धानमा देखिएको छ ।
—शिला इन्टरनेसनल नाममा दर्ता भएको फर्मबाट रुसी नागरिकले मोबाइल कारोबार गरिरहेको पाइएको छ ।
अन्य व्यक्तिको नाममा फर्म दर्ता गरेर व्यवसाय गर्नेले कर दायित्वबाट बच्ने उपायका रूपमा यस्ता काम गरिरहेका छन् । बीबीएस अध्ययनरत एलिना राउत र खोटाङका हरि दाहालमात्र होइन चर्चित ‘एलसी काण्ड’ को वास्तविकता पनि यस्तै थियो ।
काठमाडौं, २० साउन - कर प्रशासनका अनुसार कर तिर्ने दायित्व सबैभन्दा पहिलो फर्म सञ्चालकको हुन्छ । काठमाडौं क्षेत्र नं. ३, आन्तरिक राजस्व कार्यालय लाजिम्पाटले एलिना राउतलाई करदाबीसहित पत्राचार गरेपछि उनले दिएको जानकारीसहित कर कार्यालयले यो मुद्दा राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाएको हो ।
एलिनाले अनुसन्धान कार्यालयमा दिएको बयानअनुसार उनलाई राजु शर्मासम्म पु¥याउने बिचौलिया लक्ष्मण राय हुन् । एलिनालाई ५ हजार रुपैयाँ दिलाएर फर्म दर्ता गराउन रायले सघाएका थिए । गरिबी र चेतना अभावले यस्ता फर्म दर्ता हुने गरेको एलिनाको उदाहरणबाट प्रष्ट हुन्छ । बीबीएस अध्ययन गर्दै गरेकी यिनले परिवारको जिम्मेवारीकै मजबुरीले आफ्नो नाममा फर्म दर्ता गर्न दिएको बताएकी छिन् ।
विभागले रायलाई एलिनासँगको फोन रेकर्डका आधारमा पक्राउ गरिसकेको छ । पक्राउ परेका रायले वीरगन्ज प्रगतिनगरका राजु शर्मालाई पोलेपछि उनलाई पक्राउ गर्न राजस्व अनुसन्धानले वीरगन्ज प्रहरीलाई आग्रह गरेको विभागका निर्देशक गोपीकृष्ण कोइराला बताउँछन् ।
कोइरालाका अनुसार शर्मालाई फेला पारेर उनले स्वीकार नगरेसम्म कर दायित्व एलिनाकै हुन्छ । राय पक्राउ परेर वास्तविकता स्वीकार गरेकाले उनलाई तारेखमा विभागले रिहा गरेको छ ।
विभागले मुद्दा चलाउने प्रक्रिया थालेको न्यु विकास ट्रेडर्सको आयात भन्सारबाट मगाएर हेर्दा १ करोड १० लाखको आयकर दायित्व र ६० लाख भ्याटको दायित्व देखिएको उनले जानकारी दिए । “सो फार्मले दर्ता भएयता आयात भएको विवरण (भन्सार) आशिकुडाबाट मगाएर हेर्दा यस्तो कर दायित्व देखिएको थियो,” कोइरालाले भने ।
नेपालीका नाममा फर्म दर्ता गरी कारोबारमा विदेशी पनि संलग्न देखिएका छन् । शिला इन्टरनेसनलमार्फत् मोबाइलको कारोबारमा रुसी नागरिकको संलग्नताले यस्तै पुष्टि गर्छ ।
वस्तु तथा सेवाको आयात गर्ने फर्महरूमाथि प्रत्यक्ष निगरानी राख्न भन्सार विभागले धेरै अघिदेखि नै यस्तो व्यवस्था गरेको हो । प्रतिष्ठित फर्महरूलाई ‘ग्रिन च्यानल’ दिने, सहजीकरण गर्ने र मौसमी फर्महरूलाई निगरानी गर्ने भनिए पनि यो व्यवस्था चुस्त हुन सकेको छैन ।
अत्यधिक आयातकर्ताका कारण पनि भन्सारलाई अनुगमन गर्न समस्या छ । अर्थतन्त्र र विकासमा एसियाको बाघ भनिने जापानमा भन्दा नेपालमा धेरै आयातकर्ता छन् । जापानमा १० हजार फर्मले अन्तर्राष्ट्रिय व्यापारको अनुमति पाएका छन् । “मौसमी आयातकर्ताले सीमा क्षेत्रका स्थानीयहरूको नाममा फर्म दर्ता गरेर कर छल्ने गरेका छन्, तातोपानी भन्सार कार्यालयका प्रमुख निर्मलहरि अधिकारी भन्छन्, “दर्ता भएर केही समय आयात गर्छन्, कर दायित्व बढ्दै गएपछि अचानक हराउँछन् ।” उनले आयात व्यवस्थित गर्न पनि आयात गर्ने फर्महरूको निगरानी गर्नुपर्ने बताए ।
अहिले झन्डै ३५ हजार आयातकर्ता फर्म दर्ता भएको अनुमान भन्सार विभागको छ । यी मध्ये कतिपयम मौसमी आयातकर्ता हुन्, कतिपय नन–फाइलर छन् । कर प्रशासनले यसको निगरानी र सुधार गर्न सकेको छैन । अत्यधिक आयातकर्ता हुँदा प्रतिष्ठित आयातकर्ताले पाउने भन्सार सहजीकरण लगायतका सुविधा उपभोग गर्न पाएका छैनन् ।

No comments:
Post a Comment