संसारकै पुरानो मानिने बेलायती राजपरिवारमा पुनः एकपटक खुसीको लहर छाएको छ । राजकुमार विलियम्सकी श्रीमती युवराज्ञी केट गर्भवती भएपछि बलायती राजपरिवार हषिर्त भएको हो । महारानी एलिजावेथको तेस्रो पुस्ताका रूपमा युवराज्ञी केटको गर्भमा सन्तान हुर्किरहेको बि्रटिस एजेन्सीले जनाएका छन् । गत अपि्रल २०११ मा विलियम्स र केटको विवाह भएको थियो ।
सुरुवातमा बेलायती राजपरिवारले युवराज्ञी केट गर्भवती भएको गोप्य राखेको थियो । युवराज विलियम्स लगातार क्याम्बि्रजनजिकको किंस एडवार्ड सातौँ नामको अस्पतालमा श्रीमती केटलाई हेर्न गएको बि्रटिस मिडियाले पछ्याएको थियो । पछिल्लो केही दिनयता युवराज्ञी केट अस्वस्थ थिइन् । सोमबार दिउँसोको लन्च लिएपछि केटको स्वास्थस्थिति बिग्रेको थियो । तत्कालै राजकुमार विलियम्सले केटलाई अस्पतालमा भर्ना गरेको एजेन्सीले जनाएका छन् ।
सुरुवाती उपचारका क्रममा युवराज्ञीको शरीरमा पानीको मात्रा कम भएको रिपोर्ट आयो । दोस्रोपटकको रगत परीक्ष्ाणमा युवराज्ञी केट गर्भवती भएको पुष्टि भयो ।
युवराज्ञी गर्भवती भएको सूचना आएपछि राजपरिवारका मुख्य सदस्य अस्पतालमा पुगेको एजेन्सीले जनाएका छन् । राजकुमार विलियम्सले युवराज्ञी केट गर्भवती भएको सन्देश परिवारमा सुनाए । विलियम्सले पहिलो व्यक्तिका रूपमा हजुरआमा महारानी एलिजावेथलाई केट गर्भवती भएको सन्देश दिएको बि्रटिस मिडियाले जनाएका छन् । अस्पतालको प्रशासनले युवराज्ञी केट केही दिन अस्पतालमै बस्ने जनाएको छ । केटकी आमा कारोले मिडलेटोन छोरीको हेरचाह गर्न बकिंघम दरबारमा पुगेकी छिन् । एडवार्ड अस्पताल स्रोतका अनुसार केट गर्भवती भएको १२ साता भइसकेको छ । 'बेलायतको राजपरिवारमा छिटै नयाँ सदस्य आउनेछ, हाम्री युवराज्ञी केट गर्भवती छिन्,' राजपविारका एक सदस्यले एजेन्सीलाई भने, 'चिकित्सकका अनुसार केट र बच्चाको स्वास्थ अवस्था राम्रो छ ।' ती सदस्यका अनुसार खुसी बाँड्न बकिंघम दरबारमा केही दिनपछि रात्रि भोजको आयोजना हुनेछ ।
बि्रटिसको प्रमुख समाचार एजेन्सीहरूले युवराज्ञी गर्भवती भएको समाचार बाहिर ल्याएपछि अस्पतालवरपर सयौँ बि्रटिस नागरिक जम्मा भएका छन् । एडवार्ड अस्पतालमा कडा सुरक्षा व्यवस्था अपनाएको छ । अस्पतालबाहिर स्वदेशी तथा विदेशी च्यानलको उपस्थिति बाक्लै रहेको छ । राजपरिवार सदस्यबाहेक अन्य कुनै व्यक्तिलाई अस्पतालको मुख्य प्रवेशद्वारबाट छिर्न दिएको छैन । युवराज विलियम्सलाई विदेश तथा स्वदेशबाट शुभकामनाको ओइरो आएको एजेन्सीले जनाए ।
बेलायती राजपरिवारका प्रत्येक सदस्यले आफूनिकट रहेका व्यक्तिलाई नयाँ सदस्य आउन लागेको सूचना दिइसकेका छन् । यस खबरले बि्रटिस प्रधानमन्त्री डेबिड क्यामरुनसमेत हषिर्त छन् । प्रधानमन्त्री क्यामरुनले आफ्नो टि्वटरमा मंगलबार लेखे, 'यो समाचार सुनेपछि म निकै प्रशन्न भएँ, मलाई विश्वास छ, विलियम्स र केट एक असल मातापिता साबित हुनेछन् ।'
विलियम्सका भाइ ह्यारीले अफ्गानिस्ताबाटै भने, 'दाजुले नयाँ सदस्य आउने जानकारी दिँदा मेरो खुसीको सीमा नै रहेन ।' हाल राजकुमार ह्यारी अफ्गानिस्तानको नेटो सेनामा आबद्ध छन् । यता, लेबरपार्टीका नेता एड मिलिबेंडेले टि्वटरमा आफ्नो खुसी यसरी सार्वजनिक गरेका छन्, 'बि्रटिस नागरिकका लागि योभन्दा ठूलो समाचार केही हुन सक्दैन, युवराज्ञी केटले छोरा वा छोरी जन्माए पनि हामी उसको भव्य स्वागत गर्नेछौँ ।' बि्रटिस मिडियाका अनुसार अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिसेलले सोमबार राति राजकुमार विलियम्सलाई बधाई दिएका छन् ।
युवराज्ञी केटले छोरा वा छोरी जन्माए पनि पि्रन्स चाल्र्स र विलियम्सपछिको शाही परिवारको उत्तराधिकारी हुनेछ । गत सेप्टेम्बरमा राजकुमार विलियम्स र केटबीचको विवादास्पद तस्बिर बि्रटिस मिडियाले छापेपछि बेलायती शाही परिवार विवादमा आएको थियो । बि्रटिसबाटै प्रकाशित हुने एक पत्रिकाले युवराज्ञी केटको 'टपलेस' तस्बिर सार्वजनिक गरेको थियो ।

No comments:
Post a Comment