काठमाडौं, २० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष दूतमार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्रमा दुई वटा गम्भीर कुरा उल्लेख भएको दाबी गरिएको छ । व्यवस्थापिका संसदको सोमबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मोदीलाई पठाइएको पत्रमा गम्भीर तथा राष्ट्रघाति कुरा उल्लेख गरिएको दाबी गरे । ‘हाम्रा प्रधानमन्त्रीज्यूले मोदीलाई पठाएको पत्रमा समग्र तराई मधेस एक वा दुई प्रदेश बनाएर संविधान संशोधन गर्ने र अंगीकृत नागरिकले पनि राष्ट्रपति लगायतका संवैधानिक पद पाउने आश्वासन दिनुभएको जानकारी हामीले पाएका छौं,’ उनले भने– ‘त्यो पत्र तुरुन्त सार्वजनिक गर्नुपर्छ । संसदमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’ पछिल्ला गतिविधिले अहिलेका प्रधानमन्त्री लेण्डुप दोर्जे बन्ने चिन्ता जनतामा जागेको भन्दै उनले त्यसो नगर्न र पत्र सार्वजनिक गर्न प्रचण्डलाई आग्रह गरे । - See more at: http://www.dainiknepal.com/2016/09/183069.html#sthash.OcGb2YI7.P6QEbmAO.dpuf
No comments:
Post a Comment