थान्सिङ्ग_नुवाकोट _नेपाल
Welcome to NUWAKOT
Wikipedia
Wednesday, December 25, 2024
Thursday, December 19, 2024
रसुवा जिल्लामा बस भाडा चर्को
रसुवा जिल्लाको उत्तरी भेगमा चल्ने सवारी साधनले मनपरी भाडा असुल्दै आएका छन । काठमाडौँ बाट जम्मा १२५ किमी दुरीमा अवस्थित चिलिमेको थाम्बुचेतमा चल्ने लोकल बसले ९५०/-, डिलक्स भन्ने बसले १०५०/- र सूमो जिपले ११५०/- भाडा असुल्दै आएका छन । यसको अनुगमन कस्ले गर्ने सरकार ?
लूट
Monday, July 26, 2021
अरनिको समितिको लुट
आज काठमाडौंबाट बाह्रबिसे जादै गरेको बसले २८% भाडा बढेको भन्दै त्यही अनुसार उठाउदै रछ । एकजना passenger ले काभ्रे प्रहरीलाई जानकारी गरेपछि बनेपामा बस रोकियो र फर्काएर जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा पुर्याइयो अनि जरिवाना गरेर बढी लिएको भाडा फिर्ता दिने शर्तमा बस छोडियो । त्यसपछि बसले ´सुपर भाडा`भन्दै करिब २०% बढी भाडा बढी उठायो ।
# साविक अरनिको यातायात सेवा समिति अन्तर्गतको बसहरुले ´सुपर` र ´एक्सप्रेस` को नाममा passenger ठग्ने कहिलेसम्म ??????
# भाडा निर्धारण गर्दा लामो दुरि र छोटो दुरि, कच्ची सडक र पक्की सडक, बस र माइक्रोबसको आधारमा मात्रै फरक फरक भाडा निर्धारण भएको होइन र??????
# ´सुपर` ´एक्सप्रेस` अरनिको यातायातले अरनिको रुटमा मात्रै संचालन गरेको होकि अरु यातायात व्यावसायिक संघ संगठनले अन्यत्र पनि संचालन गरेका छन ???
# छिटो पुर्याउने भनेर अरनिको यातायातले ´सुपर` ´एक्सप्रेस` राखेको भएपनी त्यसको निश्चित मापदण्ड बनाएको छैन र????
# विद्यार्थीलाई ४५%भाडा छुट कायम छ कि छैन ??? कायम छ भने सक्कली कार्ड अनिवार्य छ तर कलेज, स्कुल भर्ना भएको रसिद नि अनिवार्य अरनिको रुटमा मात्रै होकि अन्यत्रको रुटमा पनि हो ???
केही जिज्ञासा, केही जानकारी धन्यवाद
Wednesday, June 6, 2018
Saturday, November 11, 2017
केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न तयार छौं : चीन
चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीसँग सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दुईपक्षीय पहिलो बैठक भएको थियो । छलफलमा चिनियाँ टोलीले रेलमार्ग निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेको हो । उक्त बैठकमा नेपाली पक्षका तर्फबाट मन्त्रालयका सचिव देवेन्द्र कार्की, रेल विभागका महानिर्देशक अनन्त आचार्य र सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्याय सहित मन्त्रालयका अन्य अधिकारीको सहभागिता रहेको थियो ।
‘सोमबारको पहिलो बैठक अत्यन्तै सकारात्मक रह्यो,’ रेल विभागका प्रवक्ता समेत रहेका उपाध्यायले भने, ‘यो बैठकमा दुई देशमा भएका रेलका विकास र यसको सकारात्मक प्रभावबारे विस्तृत छलफल भएको छ ।’ छलफलका क्रममा नेपालमा रेलमार्ग निर्माण गरिदिन चीन तयार रहेको बताएको थियो ।
केरुङ–काठमाडौं रेलमार्ग निर्माण धेरै गाह्रो भएको र यसको लागि ठूलो लगानीका साथै प्राविधि आवश्यक पर्ने चिनियाँ टोलीले बताएको छ । उनीहरूका अनुसार रेलमार्ग बन्ने क्षेत्रमा क्षेत्रमा ठुल्ठूला पहाड भएकाले धेरै सुरुङ र पुल निर्माण गर्नु पर्नेछ । यस मार्गको सम्पूर्ण प्राविधिक विशेषता हेरेपछि मात्र लगानी र दुई देशबीचको सम्झौताको विषय अघि बढ्ने चिनियाँ टोलीले जानकारी गरायो ।
यो भ्रमणसँगै चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गको काम सुरु गर्ने विभागले जनाएको छ । चिनियाँ प्रतिनिधिले नेपालमा रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने प्राविधिक सहयोग गर्न तयार भएको नेपाली पक्षलाई बताएको थियो । त्यसैगरी उनीहरूले रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाली पक्षलाई तालिम दिने प्रतिबद्धता समेत जाहेर गरेको उपाध्यायले बताए ।
बैठकमा रेलले देशमा पार्ने समग्र सामाजिक र आर्थिक प्रभावको विषयमा पनि विस्तृतमा छलफल गर्दै चिनियाँ टोलीले अन्तरदेशीय रेलमार्ग निर्माणमा उनीहरूले गरेका कामबारे जानकारी गराएका थिए । साथै, उनीहरूले चीनमा रेल विकासको अवस्थाबारे नेपाली टोलीलाई जानकारी गराएका थिए । नेपाली पक्षले मुलुकमा हालको रेलमार्गको पूर्वाधार विकास र अन्य अवस्थाबारे जानकारी गरायो ।
विज्ञसहितको संयुक्त टोली मंगलबार केरुङ जाँदैछ । उक्त टोलीले केरुङ–काठमाडौंको रेलमार्गको अध्ययन गर्नेछ । साथै, टोलीले काठमाडौं–पोखरा हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्ने तय भएको छ । नेपालमा रेल विकासको सम्भावना अध्ययन र छलफल गर्न आएको टोली केरुङबाट फर्केपछि बुधबार पोखरा र बिहीबार लुम्बिनी जाने कार्यक्रम तय भएको छ ।
टोलीको स्थलगत अध्ययनपछि शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी अधिकारीसँग थप छलफल गर्ने कार्यक्रम छ । चिनियाँ टोली शनिबार स्वदेश फर्कनेछ ।
चिनियाँ टोलीमा चीनको परराष्ट्र मन्त्रालय र यातायात मन्त्रालयका प्रतिनिधि, सरकारी कर्मचारी, नेसनल डेभलपमेन्ट कमिसनका प्रतिनिधि, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि लगायत छन् ।
तिब्बतको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौंसम्म रेलमार्ग निर्माण गर्ने योजना सरकारले अघि सारेको छ । उक्त रेलमार्ग निर्माण गर्न चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अघिल्ला सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमणको अवसरमा उक्त रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो ।
सरकारले काठमाडौं र पोखरालाई रेलमार्गले जोड्ने योजना अघि सारेको छ । त्यसैगरी, पोखरा र लुम्बिनीलाई पनि रेलमार्गले जोड्ने योजना छ । सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । अध्ययन अनुसार उक्त रेलमार्ग एक सय ८७ किलोमिटर लामो हुनेछ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहँु हँुदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले गाडीबाट पोखरा पुग्न लाग्ने झन्डै सात घन्टा लामो यात्रालाई दुई घन्टामा झार्ने अध्ययनले देखाएको छ ।
मुलुकमा हाल कुनै पनि रेल सेवा सञ्चालनमा छैन । इतिहास बोकेको जयनगर–जनकपुर रेलमार्ग बन्द भइसकेको छ भने नयाँ मार्ग निर्माणको क्रममा रहे पनि चल्न सकेको छैन ।
हाल जयनगरबाट सुरु भएर जनकपुर हुदै बर्दिबाससम्म पुग्ने ६९.२ किलोमिटर रेलमार्ग निर्माणको अन्तिम चरणमा छ । जसमध्ये ३५ किलोमिटरमा आगामी फागुनदेखि रेल चलाउने योजना रेल विभागको छ । उक्त खण्डको धनुषा कुर्थासम्म ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउन सकिने रेल विभागले जनाएको छ । तर रेलमार्ग तयार भए पनि रेल उपलब्ध नहुँदा उक्त समयमा चल्न सक्ने सम्भावना कम हँुदै गएको छ ।
त्यसैगरी, बिहारको जोगबनीदेखि विराटनगरसम्मको ट्र्याक पनि अन्तिम चरणका पुगेको छ । जसको लम्बाइ १८.६ किलोमिटर रहेको छ । यो ट्राक निर्माणको अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।
2074.7.25 Nagarikdainik bata
काठमाडौं नेसनल सम्बन्धन प्रकरण : शंकाको घेरामा मन्त्रीदेखि काउन्सिल सदस्यसम्म http://bit.ly/2hkHf9B
http://bit.ly/2hkHf9B
Monday, October 3, 2016
फरार अभियुक्त मन्त्रीसँग देखिए
Saturday, October 1, 2016
जब दार्शनिकले राजाको कुकुरलाई.........
जवान युवतीसँग जब कालिदासले पानी मागे …
युवती : तपाई कसरी पाहुना ? संसारमा त दुईवटा कुरा मात्र पाहुना हुन्छन् । एउटा धन र अर्को यौवन । यिनीहरु आउन र जानमा समय लाग्दैन । सत्य कुरा भन्नुहोस्, खासमा तपाई को हुनुहुन्छ ?
Monday, September 19, 2016
trout fish
Photo Gallery
Thursday, September 15, 2016
रछ्या बन्धन ,जनै पुर्णिमा बनिसक्यो राखी !
सबै पर्व उतै सर्यो केहि रहेन बाकी !!
दीपावली दिवाली भो, दसैँ दसहरा !
नेता पनि उतैका छन् ,हरे कठैबरा !!
देशका नेता उता पुग्छन सिमा यता सर्छ !
मेरो देशको नेता कुन हो ? सोचमा डुब्नु पर्छ !!
फागु खेल्नी फागु पर्ब बनिसक्यो होलि !
मधेश प्रदेश मध्ये प्रदेश बन्ने होकि भोलि !!
भाषा चल्छ पैसा चल्छ, चल्छ घरमा टिभी !
श्रीमती नि आज भोलि लाग्न थाल्यो बीबी !!
जमिन उतै, नेता उतै, उतै हिड्यो पर्व !
नेपाली भइ अझै पनि गरिराछौ गर्व !! तैट !
लेखक :
सुरेश नेपाल
http://merolagani.com/AnnouncementDetail.aspx?id=23974
Wednesday, September 14, 2016
८ रोगको निःशुल्क
८ रोगको निःशुल्क उपचारः कहाँ र कसरी पाइन्छ ?
स्वास्थ्य सेवा विभागका अनुसार उपचार खर्च अभावमा कुनै पनि नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने मनसायका अनुसार यो व्यवस्था गरिएको हो
· अनिवार्य ‘विपन्न वर्ग’ हुनपर्छ ।
· सम्बन्धित वडा तथा गाउँ विकास समिति -गाविस)मा ‘विपन्न भएकाले आर्थिक सहयोग पाउँ’ भनी गाविसमा एउटा निवेदन दिनुपर्छ ।
सोही सिफारिसका आधारमा जिल्ला विकास कार्यालयमा विपन्न वर्गका लागि बनाइएको समितिले उक्त रोगको निदानका लागि कागज बनाइदिन्छ । त्यसका लागि व्यक्तिले निवेदनसहित दुई वटा फोटो तथा नागरिकताको फोटो कपी, चिकित्सकले दिएको रिपोर्ट तथा गाविसले दिएको सिफारिस पत्र जिल्लामा पेश गर्नुपर्छ ।
· भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
· भरतपुर क्यान्सर अस्पताल, चितवन
· कान्ति बाल अस्पताल, काठमाडौं
· त्रि.वि.वि टिचिङ अस्पताल, महाराजगञ्ज
· पाटन अस्पताल, ललितपुर
· वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
· सिभिल अस्पताल, नयाँ बानेश्वर
· वीर अस्पताल, काठमाडौं
· त्रि.वि.वि टिचिङ अस्पताल, महाराजगञ्ज
· पाटन अस्पताल, ललितपुर
· वीर अस्पताल, काठमाडौं
· त्रि.वि.वि टिचिङ अस्पताल, महाराजगञ्ज
· पाटन अस्पताल, ललितपुर
· शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारी
· मनमोहन कार्डियाक अस्पताल, काठमाडौं ।
· बुटवल अञ्चल अस्पताल, बुटवल
· कपिलबस्तु अञ्चल अस्पताल
· घोराही उपक्षेत्रीय अस्पताल, दाङ
· भेरी अञ्चल अस्पताल, बाँके
· धनगढी अञ्चल अस्पताल, कैलाली
· गुलरिया जिल्ला अस्पताल, वर्दिया
· महाकाली अञ्चल अस्पताल, महेन्द्रनगर
· वीर अस्पताल, काठमाडौं
· त्रि.वि.वि टिचिङ अस्पताल, महाराजगञ्ज
· पाटन अस्पताल, ललितपुर
· वीर अस्पताल, काठमाडौं
· त्रि.वि.वि टिचिङ अस्पताल, महाराजगञ्ज
· पाटन अस्पताल, ललितपुर
सरकारले घोषणा गर्दा आठ प्रकारको रोगलाई निःशुल्क भनेको छ । तर, उपचारका क्रममा लाग्ने सबै खर्च भने सरकारले व्यहोर्ने होइन